images
images

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्ता छन् ५ नयाँ व्यवस्था (पूर्णपाठ)


  • 356
    SHARES
  • २०८० माघ २९ गते सोमबार

    राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्ता छन् ५ नयाँ व्यवस्था (पूर्णपाठ)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो। 

    मौद्रिक नीतिको समीक्षा हरेक त्रैमास सकिएको १ महिनाभित्र सार्वजनिक गर्नुपर्ने नीति रहेको छ। सोहीबमोजिम राष्ट्र बैंकले समीक्षा सार्वजनिक गरेको छ। आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।

    यस्तै अनिवार्य नगद अनुपात र वैद्यानिक तरलता अनुपातसम्वन्धी व्यवस्थालाई पनि यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने, संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने मौद्रिक नीतिको समिक्षामा उल्लेख छ ।


    images
    images

    Logo