images
images

गत वर्षसम्मको स्वास्थ्य बिमाको अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी


  • 219
    SHARES
  • २०८३ भाद्र १५ गते सोमबार

    गत वर्षसम्मको स्वास्थ्य बिमाको अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ ।

    बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहिबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो । 

    यससँगै २०८२ सालसम्म स्वास्थ्य बिमावापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ ।


    images
    images

    Logo