images
images

रसुवा बाढीमा परेर मृत्यु हुनेकाे संख्या ४६९ पुग्याे, करिव एक हजार अझै वेपत्ता


  • 113
    SHARES
  • २०८३ भाद्र १२ गते शुक्रबार

    रसुवा बाढीमा परेर मृत्यु हुनेकाे संख्या ४६९ पुग्याे, करिव एक हजार अझै वेपत्ता

    काठमाडौँ । विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान सार्वजनिक गरेको  प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन्। मन्त्रालयका अनुसार मृत्युु भएकामध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको शव फेला परेकाे छ। विपद्मा परी १७३ जना घाइते भएका छन् ।

    सबैभन्दा बढी घाइते पनि रसुवाकै छन्। हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ। करिब एक हजार अझैसम्म सम्पर्कविहीन रहेका  छन् । सम्पर्कविहीनमध्ये विदेशी नागरिक ५१७ जना रहेका छन् । त्यसैगरी नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली १२७ जना वेपत्ता रहेको पर्यटन बोर्डले जनाएको छ ।

    त्यस्तै नेपाली सेना ४५, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलका १३ जना वेपत्ता छन् । तयसैगरी रसुवाबाट १६१ जना र मकवानपुरबाट ६६ जना, भक्तपुरका ३६ जना, रसुवा भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी पनि वेपत्ता भएका छन् ।

    उद्वार कार्यका लागि ९,४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ४,२४३, नेपाल प्रहरीका ३,३१८ र सशस्त्र प्रहरी बलका १,८४४ जना खटिएका छन्। उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर परिचालन गरिएको जनाइएको छ ।




    images
    images

    Logo