images
images

गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई


  • 132
    SHARES
  • २०८३ भाद्र १२ गते शुक्रबार

    गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई

    काठमाडौं । गृह सचिवको जिम्मेवारी केदारनाथ शर्माले पाएका  छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिव शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।  

    शर्मा २०८२ मंसिरमा रक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए । गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गतेबाट अनिवार्य अवकासमा जाने भएपछि सरकारले  शर्मालाई गृहमा सरूवा गरेको हो । 

    शर्मासंग गृह मन्त्रालयमा काम गरेको लामो अनुभव छ । उनले काठमाडौंको प्रमुख जिल्ला अधिकारी तथा गृहमन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन्।


    images
    images

    Logo