भक्तपुर । भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन भएका छन् । बुधबार भोटेकोशीमा आएको बाढीका कारण उनीहरू सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान दिएको जानकारीअनुसार परिसरमा २८ परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले सम्पर्कविहीनहरूको खोजी भइरहेको जानकारी दिए ।