images
images

मध्यपुरथिमि नगरपालिकाद्वाराप्रधानमन्त्री राहत कोषमा  ५१ लाख सहयोग


  • 131
    SHARES
  • २०८३ भाद्र १२ गते शुक्रबार

    मध्यपुरथिमि नगरपालिकाद्वाराप्रधानमन्त्री राहत कोषमा  ५१ लाख सहयोग

    काठमाडौँ ।  मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग गर्ने भएको छ । 

    नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगरकार्यपालिकाको ५२औँ बैठकले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको दुईदेखि सात दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गरी रु ५१ लाख एक सय पाँच उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुसल उद्धार एवं घाइतेहरूको स्वास्थ्योपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए ।


    images
    images

    Logo