images
images

पृथ्वी राजमार्ग तीनदिनपछि सञ्चालनमा, काठमाडौँवासीलाई राहत


  • 214
    SHARES
  • २०८३ भाद्र १२ गते शुक्रबार

    पृथ्वी राजमार्ग तीनदिनपछि सञ्चालनमा, काठमाडौँवासीलाई राहत

    काठमाडौँ। काठमाडौँ उपत्यकालाई तराई संग जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । सडक विभागका अनुसार, रसुवा बाढीपछि बुधबार बिहानैदेखि अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको हो । 

    सो सडक खण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बांगे र गलौदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारु भएको हो । बाढीका कारण राजमार्गको गल्छी बैरेनी खण्डमा लेदो माटोले तीन मिटरसम्म पुरिएको थियो । 

    यसअघि माटो हटाएर बिहीबारदेखि आंशिक रूपमा यातायात सुचारु भएको थियो । पुल बगाएर बाटो पनि छोपेको जरिखेत खण्डको लेदो हटाएपछि सडक पुर्ण रूपमा  सुचारु भएको बिभागले जनाएको छ । 

    तीन दिनसम्म सो सडक अवरुद्घ हुंदा सैयौ सवारी साधन र हजारौं यात्रु अलपत्र परेका थिए । यातायात सुचारु भएसँगै काठमाडौँ उपत्यकाको आपूर्ति प्रणाली सहज हुने भएको छ ।


    images
    images

    Logo