काठमाडौं । एक साताअघि भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसो १ बजेसम्म बाढी प्रभावित आठ जिल्लाबाट १ हजार ३ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ ।
बाढीपछि हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । यद्यपि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउने कार्य जारी रहेको छ । खोज तथा उद्धारका लागि २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि अहिले पनि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।




