images
images

बाढीले ३ जिल्लाका ६ हजारभन्दा बढी घर बगे, १२ अर्ब क्षति भएको प्रारम्भिक अनुमान


  • 105
    SHARES
  • २०८३ भाद्र १६ गते मंगलबार

    बाढीले ३ जिल्लाका ६ हजारभन्दा बढी घर बगे, १२ अर्ब क्षति भएको प्रारम्भिक अनुमान

    काठमाडौं । भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले तीन जिल्लाका ६ हजारभन्दा बढी निजी घर बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।

    शहरी विकास तथा भवन निर्माण विभागले बाढीबाट निजी आवासतर्फ करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान सार्वजनिक गरेको हो । पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले आज पत्रकारसँग गरेको छलफलका क्रममा उक्त क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो ।

    बाढीका कारण ४५ वटा सरकारी तथा सार्वजनिक भवनमा समेत क्षति पुगेको विभागले जनाएको छ । यद्यपि क्षतिको विस्तृत अध्ययन अझै जारी रहेकाले घर तथा भवनको संख्या र क्षतिको रकम तलमाथि हुन सक्ने विभागको भनाइ छ ।

    बाढीबाट घरबारविहीन भएका परिवारका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने देखिएको छ । विभागका अनुसार ६ हजारभन्दा बढी परिवारका लागि त्यति नै संख्यामा अस्थायी आवास निर्माण गर्दा मात्रै करिब ९० करोड रुपैयाँ तत्काल आवश्यक पर्ने अनुमान गरिएको छ ।

    विभागले क्षतिको विस्तृत विवरण संकलन तथा अध्ययनपछि पुनर्निर्माण र अस्थायी आवास निर्माणका लागि आवश्यक स्रोत तथा योजनाबारे थप स्पष्ट हुने जनाएको छ ।


    images
    images

    Logo