images
images

बाढीको हिलोमा डुबेको बैंकबाट भेटियो, ५० करोडको सुन


  • 152
    SHARES
  • २०८३ भाद्र १५ गते सोमबार

    बाढीको हिलोमा डुबेको बैंकबाट भेटियो, ५० करोडको सुन

    भक्तपुर । भोटेकोसीको बाढीले बैंक नै डुबायो। पानी र हिलोले बैंकभित्र रहेका सामान छोपिए। तर, बाढी घटेपछि सुरु भएको खोजीमा त्यही हिलोभित्र करोडौँको सम्पत्ति सुरक्षित भेटियो ।

    नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुनचाँदी, डेढ करोड रुपैयाँ हाराहारी नगद र महत्वपूर्ण कागजात सुरक्षित फेला परेको प्रहरीले जनाएको छ।

    १० भदौमा आएको भीषण बाढीले बैंकको शाखा डुबाएपछि बहुमूल्य सामग्री निकाल्न चुनौती बनेको थियो । बैंकभित्र पानी र हिलो जमेको थियो।

    आइतबार प्रहरीले बैंकका कर्मचारी तथा सम्बन्धित निकायसँगको समन्वयमा उद्धार थालेको थियो । करिब आठ घण्टाको निरन्तर प्रयासपछि सुनचाँदी, नगद र महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको हो ।

    बाढीले बैंकको भौतिक संरचनामा क्षति पुर्‍याए पनि करोडौँ रुपैयाँ बराबरको सुन र ठूलो परिमाणको नगद भने सुरक्षित भेटिएको छ।

    प्रहरीले सुरक्षित गरिएका सम्पत्तिको विवरण संकलन तथा आवश्यक सुरक्षा प्रक्रिया अघि बढाएको जनाएको छ।




    images
    images

    Logo