images
images

काठमाडौं जान कुन सवारीले कहाँको रुट प्रयोग गर्ने


  • 237
    SHARES
  • २०८३ भाद्र १६ गते मंगलबार

    काठमाडौं जान कुन सवारीले कहाँको रुट प्रयोग गर्ने

    हेटौँडा । हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनका अनुसार आजदेखि १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भएर काठमाडौं जाने छन् । 

    काठमाडौंबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्नेछ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेपछि स्थानीय प्रशासनले सो नीयम लगाएको हो । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 




    images
    images

    Logo