images
images

कुन बैकले कति सहयोग दिए, बाढीपीडितलाई ?


  • 172
    SHARES
  • २०८३ भाद्र १६ गते मंगलबार

    कुन बैकले कति सहयोग दिए, बाढीपीडितलाई ?

    भक्तपुर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा वाणिज्य बैंकहरुले गरेको सहयोग पनि उल्लेख्य रहेको छ । विभिन्न वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन् ।

    बाढीपीडितका लागि सहयोग घोषणा गर्ने बैंकमध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले ५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ तथा प्राइम कमर्सियल बैंकले ३ करोड ८ लाख रुपैयाँ सहयोग गरेका छन् ।

    नेपाल बैंक र हिमालयन बैंकले समान ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै, कुमारी बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ३ करोड रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।

    बाढीपीडितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ, सानिमा बैंकले २ करोड २५ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेका छन् । यसबीच चौधरी फाउन्डेसन र नबिल बैंकले संयुक्त रूपमा १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनःस्थापना कार्यक्रम अघि बढाएका छन् । उक्त कार्यक्रम तत्कालीन राहतसँगै प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापनामा केन्द्रित हुने जनाइएको छ ।

    भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्कालीन राहत र दीर्घकालीन पुनःस्थापनाका लागि बैंक तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । 

    बैंकहरूको सहयोग एक नजरमा

    Screenshot 2026-09-01 120112.png

     


    images
    images

    Logo