images
images

नेपालका टप १० बैंक : आर्थिक वर्ष २०८२/८३ मा कसले कमाए सबैभन्दा धेरै नाफा ? (भिडियोसहित)


  • 214
    SHARES
  • २०८३ भाद्र ४ गते बिहीबार

    नेपालका टप १० बैंक : आर्थिक वर्ष २०८२/८३ मा कसले कमाए सबैभन्दा धेरै नाफा ? (भिडियोसहित)

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा सञ्चालित वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकको सूची सार्वजनिक भएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउँदै पहिलो स्थानमा रहेको छ भने कुमारी बैंक दोस्रो र ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा छन्।

    २० वटा वाणिज्य बैंकमध्ये खुद नाफाका आधारमा उत्कृष्ट १० बैंकको सूची यस्तो छ :

    १. नबिल बैंक

    नबिल बैंक आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बनेको छ। बैंकले ७ अर्ब ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ रहेको थियो। यस वर्ष बैंकको नाफा १ अर्ब ९८ करोड ३७ लाख रुपैयाँले बढेको हो। प्रतिशतका आधारमा नाफा ३३.५० प्रतिशतले वृद्धि भएको छ।

    २. कुमारी बैंक

    कुमारी बैंक नाफाका आधारमा दोस्रो स्थानमा पुगेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ थियो। यस वर्ष बैंकको नाफा ५ अर्ब ५६ करोड ७५ लाख रुपैयाँले बढेको छ। प्रतिशतका आधारमा बैंकको नाफा ३०५.९६ प्रतिशतले वृद्धि भएको छ।

    ३. ग्लोबल आइएमई बैंक

    तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब २२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको थियो। यस वर्ष बैंकको नाफा १ अर्ब १५ करोड ८ लाख रुपैयाँले बढेको छ। बैंकको नाफा वृद्धि २२.६७ प्रतिशत रहेको छ।

    ४. एभरेस्ट बैंक

    एभरेस्ट बैंक चौथो स्थानमा रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो वर्ष बैंकको नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ थियो। यस वर्ष बैंकको नाफा २३ करोड ३ लाख रुपैयाँले बढेको छ। बैंकको नाफा वृद्धि ४.७५ प्रतिशत रहेको छ।

    ५. राष्ट्रिय वाणिज्य बैंक

    राष्ट्रिय वाणिज्य बैंक नाफाका आधारमा पाँचौँ स्थानमा रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो। यस वर्ष बैंकको नाफा १ अर्ब ७२ करोड ८ लाख रुपैयाँले बढेको छ। बैंकको नाफा वृद्धि ६०.६८ प्रतिशत रहेको छ।

    ६. नेपाल बैंक

    नेपाल बैंक छैटौँ स्थानमा रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ थियो। यस वर्ष बैंकको नाफा १ अर्ब ४२ करोड २२ लाख रुपैयाँले बढेको छ। बैंकको नाफा वृद्धि ४६.२० प्रतिशत रहेको छ।

    ७. प्राइम कमर्सियल बैंक

    प्राइम कमर्सियल बैंक सातौँ स्थानमा रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब २० करोड ८ लाख रुपैयाँ थियो। यस वर्ष बैंकको नाफा ९१ करोड १८ लाख रुपैयाँले बढेको छ। बैंकको नाफा वृद्धि २८.४८ प्रतिशत रहेको छ।

    ८. एनएमबी बैंक

    एनएमबी बैंक आठौँ स्थानमा रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ थियो। एक वर्षमा बैंकको नाफा १ अर्ब १५ करोड ९३ लाख रुपैयाँले बढेको छ। बैंकको नाफा वृद्धि ४०.६० प्रतिशत रहेको छ।

    ९. सानिमा बैंक

    सानिमा बैंक नवौँ स्थानमा रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ५७ करोड २५ लाख रुपैयाँ थियो। यस वर्ष बैंकको नाफा ९७ करोड ७७ लाख रुपैयाँले बढेको छ। बैंकको नाफा वृद्धि ३८.०१ प्रतिशत रहेको छ।

    १०. सिद्धार्थ बैंक

    सिद्धार्थ बैंक नाफाका आधारमा दशौँ स्थानमा रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ थियो। यस वर्ष बैंकको नाफा १५ करोड २८ लाख रुपैयाँले बढेको छ। बैंकको नाफा वृद्धि ४.५४ प्रतिशत रहेको छ।


    images
    images

    Logo