images
images

अगस्टमा नेपाल भित्रिए ८५ हजार ४४४ पर्यटक


  • 149
    SHARES
  • २०८३ भाद्र १७ गते बुधबार

    अगस्टमा नेपाल भित्रिए ८५ हजार ४४४ पर्यटक

    काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ जना विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ३ हजार २३६ जनाले कम हो ।

    सन् २०२५ को अगस्टमा ८८ हजार ६८० जना पर्यटक नेपाल आएका थिए । यस वर्ष अगस्टमा पर्यटक आगमन करिब ३.६५ प्रतिशतले घटेको देखिन्छ ।

    अगस्ट महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट मात्रै २६ हजार ३७३ जना पर्यटक नेपाल आएका छन्, जुन कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो ।

    भारतपछि चीनबाट १० हजार ३०४, श्रीलङ्काबाट ८ हजार ७१०, अमेरिकाबाट ६ हजार २९३, बंगलादेशबाट ४ हजार ४८७ र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक नेपाल आएका छन् ।

    क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाली मुलुकबाट आएका छन् । यस क्षेत्रबाट ४१ हजार ४२२ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना पर्यटक आएका छन् ।

    युरोपबाट १० हजार ८७५, अमेरिकी क्षेत्रबाट ७ हजार ४७३, ओसियाना क्षेत्रबाट २ हजार ५२९, मध्यपूर्वबाट १ हजार १० र अफ्रिकाबाट ३३८ जना पर्यटक नेपाल आएका छन् ।

    गत वर्षको तुलनामा समग्र पर्यटक आगमनमा कमी आए पनि भारत र चीनलगायतका प्रमुख बजारबाट उल्लेख्य संख्यामा पर्यटक नेपाल आएका छन् । पर्यटन क्षेत्रका लागि यी मुलुकहरू नेपालको महत्वपूर्ण पर्यटकीय बजारका रूपमा रहेका छन् ।


    images
    images

    Logo