काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा तोकिएको छ ।
युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा कायम हुँदा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको १०९ रुपैयाँ ३२ पैसा र १०९ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलर एकको ११९ रुपैयाँ ०९ पैसा र ११९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ५६ पैसा र २२ रुपैयाँ ६४ पैसा, साउदी रियाल एकको ४० रुपैयाँ ३९ पैसा र ४० रुपैयाँ ५५ पैसा तथा कतारी रियाल एकको ४१ रुपैयाँ ६० पैसा र ४१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ५४ पैसा र ३७ रुपैयाँ ६९ पैसा तथा दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ ०४ पैसा र ११ रुपैयाँ ०८ पैसा रहेको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको ४९३ रुपैयाँ ६७ पैसा र ४९५ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको ४०२ रुपैयाँ १७ पैसा र ४०३ रुपैयाँ ७७ पैसा तथा ओमानी रियाल एकको ३९३ रुपैयाँ ८४ पैसा र ३९५ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने जनाइएको छ। अद्यावधिक विनिमयदर राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।



