काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको १/१ रुपैयाँले मूल्य घटाएको हो ।
अब पेट्रोलको मूल्य १६६ रुपैयाँ, डिजेल र मट्टितेलको १५६ रुपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएको छ ।
