images
images

बालकुमारी घटना जाँचबुझका लागि सरकारले गठन गर्यो उच्चस्तरीय आयोग


  • 308
    SHARES
  • २०८० पौष १६ गते सोमबार

    बालकुमारी घटना जाँचबुझका लागि सरकारले गठन गर्यो उच्चस्तरीय आयोग

    काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री रेखा शर्माका अनुसार आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । 

    आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर तोकिएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।


    images
    images

    Logo