images
images

त्रियुगामा कांग्रेसका बस्नेत ७९२ मतले अघि, कस्को कति ?


  • 1.1K
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    त्रियुगामा कांग्रेसका बस्नेत ७९२ मतले अघि, कस्को कति ?

    काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अन्तर बढाउदै लगेका छन् ।शुरूवाति पाँच वटा वडाको मतगणनामा कांग्रेस र नेकपा एसका उमेदवार बीच कडा टक्कर  देखिएपनि पछिल्लो मतगणनामा अन्तर बढ्दै गएको हो । 

    शुक्रबार बिहान  ४ः३०  वजेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्त बस्नेत ७ सय ९२ मतले  अग्रता लिएका छन । जसअनुसार बस्नेतले ५ हजार ६ सय ७३ मत पाएका छन् । त्यस्तै नेकपा एसका उम्मेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ४ हजार ८ सय ८१ मत र नेकपा एमालेका भागवत राउतले ४ हजार २ सय २ मत पाएका छन् । उप प्रमुखमा कांग्रेसकी सरिता राईले अग्रता लिएकी छिन । उनलाई एमालेकी महेश्वरी राईले  पछ्याउँदै छिन तेयसैगरी माओवादी केन्द्रकि गीता खड्का तेस्रो स्थानमा छिन । 

    अहिले वडा नं ३, ४, ५ र १३ को मतगणना भइरहेको छ । गणना भइराखेका तीन वडामा कांग्रेसका उम्मेदवार अगाडि छन् भने १३ नं वडामा नेकपा एमालेका उमेदवारले अग्रता लिएका छन् । त्रियुगा नगरपालिकामा ४० हजार १ सय ५९ मत खसेको छ ।

     


    images
    images

    Logo