images
images

काठमाडौंमा २३ हजारबढी मतान्तरसहित बिजयी बालेनले कति मत ल्याए ?


  • 433
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    काठमाडौंमा २३ हजारबढी मतान्तरसहित बिजयी बालेनले कति मत ल्याए ?

    काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार  वालेन्द्र साह भारी मतान्तर सहित निर्वाचित भएका छन् । बालेन आधिकारिक रूपमा निर्वाचित भएको घोषणा निर्वाचन आयोगले राति अबेर गरेको हो । 

    कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गर्दै साह मेयरमा निर्वाचित भएका हुन् । साहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकि उमेदवार सिर्जना सिंह  भन्दा २३ हजार ४ सय २६ मत बढी मत पाए । 

    साहले ६१ हजार ७ सय ६७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३ सय ४१ मत ल्याइन् । त्यसैगरी एमालेका  स्थापितले ३८ हजार १ सय १७ मत ल्याए । 

    त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६ सय १२ मत ल्यादा श्रेष्ठले २३ हजार ८ सय ६ मत मात्र पाए ।


    images
    images

    Logo