काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसका उमेदवारले फेरी अन्तर बढाउन थालेका छन् । यसअघि काँग्रेस र नेकपा एसका बीच कडा टक्कर देखिएपनि पछिल्लो मतगणनामा अन्तर बढ्दै गएको छ ।
बिहिवार साँझ ७ः३० वजेसम्मको मतगणना अनुसार नेपाली काँग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत २ सय ७० मतले र उप मेयरमा काँग्रेसकै राईले ३ सय ८९ मतले अग्रता लिएका छन । जसअनुसार बस्नेतले ४ हजार २ सय ७३ मत पाएका छन् ।
त्यस्तै, नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ४ हजार ३ मत र नेकपा एमालेका भागवत राउतले ३ हजार १ सय ८० मत पाएका छन् । उप प्रमुखमा काँग्रेसकि सरिता राईले ३ हजार ६ सय ९८ मत, एमालेकी महेश्वरी राईले ३ हजार ३ सय ९ मत सहित दोश्रो र माओवादी केन्द्रकि गीता खड्काले ३ हजार २ सय २० मत सहित तेस्रो स्थानमा छिन ।
हालसम्म वडा नं १, २, १४, १५ र १६ नं वडाको मतगणना सम्पन्न भएको छ । अहिले वडा नं ३, ४, ५ र १३ को मतगणना भइरहेको छ ।गणना भइराखेका तीन वडामा काँग्रेसका उमेदवार अगाडि छन् भने १३ नं वडामा नेकपा एमालेका उमेदवारले अग्रता लिएका छन् ।



