काठमाडौं । काठमाडौं महानगरपालिका-१५ मा नेकपा समाजवादीले क्लिनस्वीप गरेको छ । आज सम्पन्न मतगणना अनुसार समाजवादीका वडाध्यक्ष उम्मेदवार इश्वरमान डंगोलको नेतृत्वमा ५ जना सदस्य निर्वाचित भएका हुन् । उनले ३४७४ मत ल्याउँदा काँग्रेसका जीवन डंगोलले १५७५ मतमात्रै ल्याए ।
खुला सदस्यहरुमा अप्सरा खत्री र विजु श्रेष्ठ, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र महिला सदस्यमा रिता मिजार निर्वाचित भएकी छिन् ।
योसँगै काठमाडौं महानगरपालिकामा समाजवादीले खाता समेत खोलेको छ ।