काठमाडौ । उदयपुरकाे त्रियुगा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एसका बीच कडा टक्कर हुने देखिएकाे छ । करिव १५ हजार मत गणना हुँदा मेयरमा अधिकांश नतिजामा कांग्रेस उमेदवारले अग्रता लिएका छन भने केहि नतिजामा एसका उमेदवार अघि देखिएका छन् । उप मेयरमा भने शुरूदेखिनै काँग्रेसका उमेदवारले अग्रता जारी राखेकी छन् ।
बिहिवार साँझ ६ वजेसम्मकाे मतगणना अनुसार नेपाली काँग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत १ सय ४७ मतले र उप मेयरमा कांग्रेसकै राईले ३ सय ८९ मतले अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार बस्नेतले ४ हजार ६१ मत पाएका छन् । त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चाैधरीले ३ हजार ९ सय १४ मत र नेकपा एमालेका भागवत राउतले २ हजार ९ सय ९६ मत पाएका छन् ।
उप प्रमुखमा काँग्रेसकि सरिता राईले ३ हजार ६ सय ९८ मत, एमालेकी महेश्वरी राईले ३ हजार ३ सय ९ मत सहित दाेश्रो र माओवादी केन्द्रकि गीता खड्काले ३ हजार २ सय २० मत सहित तेस्रो स्थानमा छिन । हालसम्म वडा नं. १,२, वडा १४, १५ र १६ नं वडाकाे मतगणना सम्पन्न भएकाे छ ।
अहिले वडा नं ३, ४, र ५ काे मतगणना भइरहेकाे छ । गणना भइराखेका वडामा काँग्रेसका उमेदवार अगाडि छन् ।



