काठमाडौं । विद्यार्थी बलात्कार गरेको आरोपमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुल तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पक्राउ परेका छन् ।
तत्कालीन प्रिन्सिपल खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।याे घटना अनुसार २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका-१० स्थित घोपा क्याम्प जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा जनहि प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।
खड्काले आफ्नै स्कूलमा पढने एक छात्रालाई ५ बर्ष पहिले घुमाउने र औषधि उपचार समेत गरी दिने भनी होटल लगेर बलात्कार आरोप लागेको छ । खड्काले सो छात्रालाई स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले २ वर्षसम्म बलात्कार गरेका थिए । खड्का फरार भई लुकिछिपि जिल्ला काठमाडौं टोखा नगरपालिका स्थित वानियाटरबाट जेठ १२ गते बिहीबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ ।



