भारत । भारतको उत्तर प्रदेशले साढे ६१ खर्ब भारतीय रुपैयाँ बराबरको बजेट ल्याएको छ । वित्त वर्ष २०२२/०२३ का लागि ६ लाख १५ हजार ५१८ करोड ९७ लाख भारु बराबरको बजेट ल्याइएको हो । प्रदेशका वित्तमन्त्री सुरेशकुमार खन्नाले उक्त बजेट बिहीबार विधानसभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारको दोस्रो कार्यकालको यो पहिलो बजेट हो ।
उक्त बजेटमा उत्तर प्रदेशको गोरखपुरदेखि वाराणसीसम्म मेट्रो रेल चलाउने प्रस्ताव गरिएको छ । बजेटले पूर्वाधार विकासका साथै कृषि उत्पादन, सिँचाइ, गरिबी निवारण तथा सामाजिक सुरक्षाको क्षेत्रमा व्यापक बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले वृद्धवृद्धा तथा असहाय एवं एकल महिलालाई दिँदै आएको भत्ता दोब्बर वृद्धि गरेर प्रतिमहिना १ हजार भारु पुर्याएको छ ।



