काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले निर्वाचनमा धाँधली गरेको दोहोर्याएका छन् । प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै उनले सत्ता गढबन्धनले निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको बताएका हुन् ।
उनले १५ सालदेखि नेपालमा भएका चुनावलाई आफूले अध्ययन गरेको र पछिल्लो निर्वाचनलाई शुक्ष्म ढंगले नियालेको भन्दै पञ्चायतमा पनि यति धेरै नाङ्गो ढंगले राज्यसत्ताको दुरुपयोग नभएको बताएका छन् ।
निर्वाचन सम्पन्न भएपछि आफूले दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै उनले सबै ठाउँबाट रिपोर्ट नआइपुगेकोले बताएका छन् । ‘दिउँसो राम्रै ढंगले चुनाव भयो होला भन्ठानेको थिएँ, सबै तिरबाट रिपोर्टिङ भएपछि थाहा भयो ।’