काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा मेयर र उप मेयरमै काँग्रेसका उमेदवारले अग्रता जारी राखेका छन् । बिहिवार बिहान ८ वजेसम्मको मतगणना अनुसार नेपाली काँग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत ७९ मतले र उप मेयरमा काँग्रेसकै राईले ३ सय ५२ मतले अग्रता लिएका छन ।
हालसम्म ९ हजार ५ सय मतगणना भएको छ । पछिल्लो मत परिणाम अनुसार बस्नेतले ३ हजार ९० मत पाएका छन् । त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ३ हजार ११ मत र नेकपा एमालेका भागवत राउतले २ हजार १ सय २६ मत पाएका छन् ।
उप प्रमुखमा काँग्रेसकि सरिता राईले २ हजार ८ सय ९ मत, माओवादी केन्द्रकि गीता खड्काले २ हजार ४ सय ५७ मत ल्याएकी छन । त्यस्तै एमालेकी महेश्वरी राईले २ हजार ३ सय ६८ मत सहित तेस्रो स्थानमा छिन ।
हालसम्म वडा नं. १,वडा नं. २ र १६ नं वडाको मतगणना सम्पन्न भएको छ । जसअनुसार १६ नं वडाको वडाध्यक्षमा मानबहादुर राई सहित माओवादी केन्द्रको प्यानल बिजयी भएको छ । त्यस्तै वडा नं १ मा नेपाली कांग्रेसका मनोज चौधरी सहित प्यानल नै बिजयी भएका छन् । उता वडा नं २ मा भने वडा अध्यक्षमा नेकपा एमालेका घमानसिह खत्री बिजयी भएका छनभने अन्य सदस्य काँग्रेसले जितेको छ ।
बिजयी तीनैजना यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले वडा नं १४, १५ र ३ को मतगणना भइरहेको छ । गणना भइराखेका वडामा १४ र १५ माओवादी केन्द्र र वडा नं ३ मा काँग्रेसका उमेदवार अगाडि छन् ।



