images
images

उदयपुरको त्रियुगामा मेयर र उप मेयरमै कांग्रेस अगाडि, तीन वडा कस्ले जिते ?


  • 581
    SHARES
  • २०७९ जेठ १२ गते बिहीबार

    उदयपुरको त्रियुगामा मेयर र उप मेयरमै कांग्रेस अगाडि, तीन वडा कस्ले जिते ?

    काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा मेयर र उप मेयरमै कांग्रेस अगाडि रहेको छ । बिहिवार बिहान ४ वजेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत र उपमेयरकी उमेदवार सरिता राईले  अग्रता बढाएका छन् । पछिल्लो गणना अनुसार कांग्रेसका बस्नेत २ सय ६९ मतले  र उप मेयरमा कांग्रेसकै राईले ३ सय ८२ मतले अग्रता लिएका छन । बस्नेतले २ हजार ६ सय १५ मत पाएका छन् । 

    त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले २ हजार ३ सय सय ४६ मत र नेकपा एमालेका भागवत राउतले १ हजार ७ सय ५१ मत  पाएका छन् । उप प्रमुखमा कांग्रेसकि सरिता राईले २ हजार ३  सय  ५७ मत,एमालेकी महेश्वरी राईले  १ हजार ९ सय ७५ मत  र  माओवादी केन्द्रकि गीता खड्काले १ हजार ८ सय २२ मत ल्याएकी छन ।

    हालसम्म वडा नं. १,वडा नं. २ र १६ नं वडाको मतगणना सम्पन्न भएको छ । जसअनुसार १६ नं वडाको वडाध्यक्षमा मानबहादुर राई सहित माओवादी केन्द्रको प्यानल बिजयी भएको छ । त्यस्तै वडा नं १ मा नेपाली कांग्रेसका मनोज चौधरी सहित प्यानल नै बिजयी भएका छन् । उता वडा नं २ मा भने नेकपा एमालेका घमानसिह खत्रीसहितको टिमनै बिजयी भएको छ । बिजयी तीनैजना यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले वडा नं १५, १४  र ३ को मतगणना भइरहेको छ ।


    images
    images

    Logo