काठमाडौं । हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड–२०८६’ निष्कासन गर्ने भएको हो।
यो सात वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्। बैंकले ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।
यससम्बन्धी सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन्।
प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृतिपश्चात निष्कासन गरिनेछ।