images
images

त्रियुगा नगरपालिकामा १३२ मतले अग्रता बढाउदै वसन्त बस्नेत, कसको कति ?


  • 967
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    त्रियुगा नगरपालिकामा १३२ मतले अग्रता बढाउदै वसन्त बस्नेत, कसको कति ?

    काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार वसन्त बस्नेतले १३२ मतले अगाडि लागेका छन् । साढे ६ बजेको मतपरिणम अनुसार बस्नेतले १ हजार ६ सय ५४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धि नेकपा एसका उम्मेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले १ हजार ५ सय २२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । 

    त्यस्तै नेकपा एमालेका उम्मेदवार भागवत राउतले १ हजार १७ मत पाएका छन् । त्यसैगरि उपमेयर तर्फ नेपाली काँग्रेसकी उम्मेदवार सरिता राईले अग्रता लिएकी छिन् । उनले १हजार ४ सय ७६ मत पाएकी छिन भने उनका निकटतम प्रतिस्पर्धि एमालेकी महेश्वरी राईले १ हजार १ सय ९४ मत प्राप्त गरेकी छिन् । 

    हालसम्म वडा नं. १, वडा नं. २ र वडाको मतगणना जारी छ भने  वडा नं. १६ को मतगणना सकिएको छ । सो वडामा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । 


    images
    images

    Logo