काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिमा मेयर उपमेयर दुवैमा नेकपा एमालेबाट विजयी भएको छन् ।तुलसीपुर उपमहानगरपालिकाे नेकपा एमालेका टिकाराम खड्काले ३१ हजार ४०८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत पाएका छन् । एमालेका खड्काले नेपाली कांग्रेस गेहेन्द्र गिरीलाई ३ हजार ६ सय ९१ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
यस्तै उपप्रमुखमा एमालेका स्यानी चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त पाएर विजयी भएकी छिन् । उनीका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।