काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको भोलि ( बिहीबार) बाट शेयर कारोवार सुरु हुने भएको छ । करिव १ बर्ष अघि दुवै बैंक मर्जरमा जाने भनेर एक आपसमा मर्जर सम्वधि सम्झौतामा हस्ताक्षर गरेपछि गत बैशाखबाट कारोवार रोक्का भएको थियो ।
राष्ट बैंकले संस्थापक शेयर बाहेकाको शेयर कारोवार खुल्ला गर्ने निर्णय गरेको छ । संस्थापकसहितको शेयर कारोवार भने रोक्का नै रहने भएको छ । राष्ट्र बैंकले कारोबार खुला गर्न स्वीकृति दिएसँगै जेठ १२ गते बिहिबारदेखि शेयर कारोबारकारोबार खुल्ला गरने सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।