images
images

स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेलाई काँग्रेसमा ठाउँ छैनः दुर्लभ थापा


  • 1.5K
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेलाई काँग्रेसमा ठाउँ छैनः दुर्लभ थापा

    भक्तपुर । स्थानीय तह निर्वाचनमा  पार्टीका उमेदवार बिरूद्व अन्तरघात गर्नेहरूलाई नेपाली काँग्रेसमा कुनै ठाउँ नभएको दुर्लभ थापाले बताएका छन् ।  काँग्रेस भक्तपुरका सभापति दुर्लभ कुमार थापाले घात प्रतिघात  गर्नेहरु विरुद्ध कारबाहि गर्ने समेत बताएका छन् ।

    पार्टीबाट स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले सो कुरा बताएका हुन् । 'दिनभरी नेपाली काँग्रेसको उमेदवारसंग र रातपरेपछि एमालेका उमेदवारसंग  हाम्रा नेताकार्यकर्ता भेटिनु कहाँसम्मको नैतिकता हो ?' भन्ने थापाको प्रश्न थियोे ।

     म भइन भने कसैलाई हुन दिन्न भन्ने सोच सबैले त्याग्नुपर्नेमा जोड दिदै सभापति थपाले भने 'पार्टी बिरूद्व घात अन्तरघात गर्नेहरु माथि कारवाहिको प्रक्रिया अघि बढी सकेको छ, आफ्नै पार्टीमा अन्तरघात गर्नेलाई काँग्रेसमा कुनै ठाउँ छैन' । आगामी निर्वाचनमा त्यस्तो नहोस भन्ने र पार्टीलाई अनुशासनमा राख्न समेत त्यस्तो कारवाही आवश्यक रहेको थपाको भनाई थियो । २०७४ सालको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा हार खाएपनि त्यसयता भएका उप निर्वाचन तथा हालैको स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन सफल भएको थापाको भनाई थियो । 

    अहिले निर्वाचित प्रतिनिधिले राम्रो काम गर्दा आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस उमेदवार निर्वाचित हुने दाविगर्दै थापाले आजैदेखि आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । सभापति थापाले  नेपाली कांग्रेसलाई बिजय गराउन भुमिका खेल्ने  जनसमुदाय, पार्टी कार्यकर्तालाई धन्यवाद समेत दिए ।

    283258279_716601176352098_4649731514214395574_n.jpg


    images
    images

    Logo