काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाउने भएको छ । भारतल सरकारले २०२२ जुन १ देखि चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि त्यसको असरबाट आफ्नो देशलाई खाद्यान्य अभावबाट बचाउनका लागि भन्दै भारतले चार महिनासम्मका लागि चिनी निर्यातमा रोक लगाएको छ ।
यसरी भारतले चिनी निर्यातमा रोक लगाउँदा नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपालमा ठुलो असर पर्ने समेत देखिएकाे छ ।