काठमाडौं । कावेली ३ जलविद्युत आयोजना को मुख्य लगानीकर्ताको रुपमा एनएमबि बैंक रहेको छ । ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रपैयाँ रहेको छ जस मध्ये बैकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ । यो आयोजना समेत गरेर एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली अन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मासात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्ता जाहेर गरेको छ ।



