images
images

काठमाडौं महानगरका २७ वडामा मत गणना सकियो


  • 319
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    काठमाडौं महानगरका २७ वडामा मत गणना सकियो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ ।  

    यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ रहेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ ।अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ ।  

    वडा नं १८ मा एमालेका महर्जन विजय

    पछिल्लो समय जारी गरेको मतपरिणामअनुसार वडा नम्बर १८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का न्हुछेकाजी महर्जन एक हजार २ सय ९३ मत प्राप्त गरी अध्यक्ष पदमा विजय भएका छन् । महर्जनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार राजन महर्जनले ७ सय ७१ मत प्राप्त गरेका छन् ।  

    त्यसैगरी वडा सदस्यमा एमालेकै तर्फबाट रचना शर्मा र हेमज्योती शाक्य विजयी भएका छन् । महिला सदस्यमा हीराशोभा डङ्गोल विजय भएकी छिन् । दलित महिला सदस्यमा यसअघि नै अम्बिका परियार निर्विरोध निर्वाचित  भएकी छिन् ।  

    वडा नं १९ मा कांग्रेसका श्रेष्ठ विजय

    वडा नं १९ मा नेपाली काँग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ एक हजार २ सय मत प्राप्त गरी अध्यक्ष पदमा विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारले ७ सय ४१ मत प्राप्त गरेका छन् ।  

    वडा सदस्यमा कांग्रेसका चन्द्रमान डङ्गोल र दिनेशमान जोशी विजय भएका छन् । महिला सदस्यमा काँग्रेसका रेणु कमलभारती शाही र दलित महिला सदस्यमा रञ्जिता परियार विजय भएका छन् ।  

    त्यसैगरी काठमाडौं महानगरकोको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५५ हजार ७ सय ७७  प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३ सय ७१  मत प्राप्त गरेका छन् । 

    यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय २६ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डङ्गाल ६१ हजार ३ सय १८ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २० हजार ९ सय ६ मत पाएका छन् ।  


    images
    images

    Logo