images
images

काठमाडौंको मेयरमा गणना नसकिदै बालेन शाह विजयी,उपमेयरमा सुनिता


  • 486
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    काठमाडौंको मेयरमा गणना नसकिदै बालेन शाह विजयी,उपमेयरमा सुनिता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना नसकिदै स्वतन्त्र उम्मेदवार बालेन शाह को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार गन्न बाँकी मतभन्दा बालेनको प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहसँगकाे मतान्तर बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।

    छिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा रहेकि छिन् भने स्थापित ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    बालेनले दोस्रो स्थानमा रहेकी सिर्जना सिंहभन्दा उनले २० हजार ३ सय ७६ मत बढी ल्याएका छन् । हाल काठमाडौंमा महानगरमा वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब महानगरमा १९ हजार ३ सय मत गन्न बाँकी रहेको छ । 

    त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनकाे नीकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत आएकाे छ । डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याएकी छिन भने श्रेष्ठले १७ हजार ७ सय ६५ मत ल्याएका छन् ।


    images
    images

    Logo