काठमाडौं । उदयपुरको कटारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उप मेयरमा नेकपा एमालेकी उमेदवार बिजयी भएका छन । पछिल्लो मतपरिणाम अनुसार काँग्रेसका उम्मेदवार राजेश चन्द्र श्रेष्ठले ६ सय ४ सय १७ मत ल्याएर विजयी भएका छन् ।
पछिल्लो गणना अनुसार काँग्रेसका श्रेष्ठले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४ सय ६५ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ६ हजार ४ सय १७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धि स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराल ५ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार एवं निबर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७ सय १५ मत पाएका छन् ।
त्यस्तै उपमेयरतर्फ नेकपा एमालेकी गीता खड्काले ६ हजार ४ सय १३ मत ल्याएर जित हासिल गरेकी छिन् । उनकि निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बिनोद कटुवालले ३ हजार ८ सय २१ मत पाए ।
कटारीका १४ वटा वडामध्ये ६ वटा काँग्रेस र ६ वटामा एमालेले जित निकालेका छन् भने एउटामा नेकपा माओवादी बिजयी भएकाे छ । कटारी नगरपालिकामा २५ हजार ७ सय ५२ मत खसेकाे थियाे ।
चुनावका दिन प्रहरीकाे गाेली लागेर एक जनाकाे ज्यान गएका कारण कटारीकाे मतगणनामा ढलाई भएकाे थियाे ।



