काठमाडौं । उदयपुरको त्रियुगामा कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले अग्रता कायम गरेका छन् । उनले बलदेव चौधरी १७ मतले पछाडि पारेका हुन् । ३२ सय मत गणना गणना गर्दा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्त बस्नेत १ हजार ५२ पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका उम्मेदवार बलदेव चौधरीले १ हजार ३५ मत पाएका छन् । त्यस्तै, तेस्रो स्थानका नेकपा एमालेका भागवत राउतले ६ सय ५४ मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसकी सरिता राईले ९ सय ४२ मत ल्याएर अग्रता हासिल गरकी छिन् ।