images
images

काठमाडौंमा २२ हजार मतमात्रै गन्न बाँकी, बालेन २० हजार मतान्तरले अगाडि


  • 408
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    काठमाडौंमा २२ हजार मतमात्रै गन्न बाँकी, बालेन २० हजार मतान्तरले अगाडि

    काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा जारी मतगणनामा अब २२ हजार मतमात्रै गन्न बाँकी छ । काठमाडौंका ३२ वडामध्ये २७ वटाको मतगणना सकिँदा बाँकी ५ वटाको मतगणना चलिरहेको हो । 

    हालसम्म मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४७१८ मत ल्याउँदा काँग्रेसकी सिर्जना सिंहले ३४६०८ र एमालेका केशव स्थापितले ३३९७५ मत ल्याएका छन् । 

    अहिलेसम्म २७ वडाको वडाध्यक्षको मतगणना भइसकेको छ । जसअनुसार ११ वटामा एमाले र १६ वटामा काँग्रेस विजयी भएको छ । 


    images
    images

    Logo