काठमाडौं । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त मत प्राप्त गरी विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८ सय ४८ मत ल्याए ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ५८ हजार ५ सय ५२ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५ सय ४७ मत प्राप्त गरेकी छिन्।