images
images

उदयपुरको कटारीको मेयरमा काँग्रेसका श्रेष्ठ जित नजिक, कसको कति ?


  • 971
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    उदयपुरको कटारीको मेयरमा काँग्रेसका श्रेष्ठ जित नजिक, कसको कति ?

    काठमाडौं । उदयपुरको कटारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार जित नजिक पुगेका छन । पछिल्लो  मतपरिणम अनुसार अहिले १ नं वडाको ४ सय मत गनिएको छ । अब सो वडाको १ हजार ६ सय मतमात्र गणना हुन बाँकी छ । पछिल्लो मतपरिणाम अनुसार काँग्रेसका उम्मेदवार राजेश चन्द्र श्रेष्ठले ६ सय २ मतले अग्रता लिएका छन् । 

    पछिल्लो गणना अनुसार काँग्रेसका श्रेष्ठले ६ हजार १ सय ६४ मत पाएका छन् ।  उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार एवं निबर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उमेदवार कृष्णप्रसाद बरालले ५ हजार १ सय ५२ मत पाएका छन ।

    त्यस्तै उपमेयरतर्फ नेकपा एमालेकी गीता खड्काले  ५ हजार ८ सय ३७ मत ल्याएर अग्रता लिएकी छिन् । त्यसैगरि उनलाई नेकपा माओवादी केन्द्रका बिनोद कटुवालले ३ हजार ७ सय ३ मतले पछ्याउँदै छन् । उदयपुरको कटारी नगरपालिकामा अव करिव १६ सय मत गन्न बाँकी रहेको छ ।


    images
    images

    Logo