काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु मर्हजन विजयी भएका छन् । मर्हजनले ४२ हजार ७ सय २२ मत प्राप्त गरी विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५ सय ६० मत ल्याए ।
उपप्रमुखमा एमालेका मन्जली शाक्य बज्राचार्यले २५ हजार ८५ मतसहित विजय भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८ हजार ७ सय ५२ मत प्राप्त गरेका छन्।