images
images

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार शाहको अग्रता कायमै 


  • 477
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार शाहको अग्रता कायमै 

    काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५ सय ३० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६ सय ४८ मत प्राप्त गरेकी छिन् । 

    यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डङ्गालले ५६ हजार २ सय ६८ मत ल्याएर अग्रस्थानमा छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १९ हजार १ सय ५३ मत पाएका छन् । 

    वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ भने अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना कार्य जारी छ ।  कामपामा हालसम्म १ लाख ५३ हजार ४ सय ४ मतगणना भएको छ ।

     


    images
    images

    Logo