images
images

उदयपुरको त्रियुगामा मेयर, उपमेयरमै काँग्रेसको अग्रता, कस्को कति ?


  • 560
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    उदयपुरको त्रियुगामा मेयर, उपमेयरमै काँग्रेसको अग्रता, कस्को कति ?

    काठमाडौ । उदयपुरको त्रियुगामा काँग्रेसका उमेदवारले शुरूवाती अग्रता कायम गरेका छन् । नगरको १ नं. को  दुई सय र १६ को एक सय गरि तीनसय मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेपाली काँग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत र उपमेयरकी उमेदवार सरिता राईले अग्रता लिएका हुन् । बस्नेतले १ सय ५० मत पाएका छन् । 

    त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले १ सय २५ मत र नेकपा एमालेका भागवत राउतले ५६ मत पाएका छन् । उप प्रमुखमा काँग्रेसकी सरिता राईले १ सय २९ मत,माओवादी केन्द्रकी गीता खड्काले ७६ मत तथा एमालेकी महेश्वरी राईले ६८ मत  ल्याएकी छिन् ।


    images
    images

    Logo