काठमाडौं । नेपाल सरकारका ४ सचिवको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो । यसरी सरुवा सचिवहरुमा मणिराम गेलाल, सुरेश आचार्य, सुशील चन्द्र तिवारी, गोपाल सिग्देल रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयमा पठाएको छ भने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा राष्ट्रिय सतर्कता केन्द्रका सुशील चन्द्र तिवारीले जिम्मेवारी पाएका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा नेपाल ट्रष्टका सचिव गोपाल सिग्देल आएका छन् भने सचिव रवीन्द्र श्रेष्ठलाई राष्ट्रिय सतर्कतामा पुर्याइएको छ ।