images
images

१० महिनामा सरकारले हासिल गरेका यी हुन् ८ उपलब्धी 


  • 275
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    १० महिनामा सरकारले हासिल गरेका यी हुन् ८ उपलब्धी 

    काठमाडौं । सरकारले आफूले १० महिनामा गरेको उपलब्धिहरु सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रम सरकारले हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरिएको हो । आजको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विख््द्यादेवीस् भण्डारीले उपलब्धिहरुबारे मन्तव्य राखेकी थिइन् । 

    नीति तथा कार्यक्रममा ३ बुँदामा समेटिएको उक्त उपलब्धिमा देहाय विषयहरु समाविष्ट छन् । 

    १. छिमेकी र मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ : भारतको प्रधानमन्त्रीको भ्रमण, चिनियाँ विदेशमन्त्रीको भ्रमण, अमेरिकाको एमसीसी सम्झौता अनुमोदन । 
    २. कोभिड रोकथाम : अहिलेसम्म ९६ प्रतिशतलाई एक मात्रा र ८५ प्रतिशतलाई पूर्ण मात्राको खोप दिइएको । 
    ३. गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण, पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा । 
    ४. थप ६३८ मेगावाट  बिजुली उत्पादन । 
    ५. ३२५ किलोमिटर सडक कालोपत्रे, १०० वटा पुल निर्माण । 
    ६. थप १२६०० हेक्टरमा सिँचाइ सुविधा । 
    ७. ८५ हजार जनालाई खानेपानी सुविधा । 
    ८. २३५९१ जनालाई जग्गाधनी पुर्जा वितरण । 


    images
    images

    Logo