काठमाडौं । जेठ महिनाको पहिलो साता वाणिज्य बैंकको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार जेठको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको हो ।
वैशाख अन्तिम साता बैंकहरुको निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप जेठको पहिलो साता मा आउदा सो निक्षेपमा ७ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा पुगेको छ ।
त्यस्तै कर्जा लगानीमा पनि यो साता ३ अर्ब रुपैयाँले बढेको छ । वैशाख ३० गते बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको थियो । जेठ २ गते ३ अर्ब रुपैयाँले बढेर बैंकको कर्जा लगानी ४१ खर्ब ९४ अर्ब रुपैयाँमा पुगेको संघले जनाएको छ ।