images
images

नीति तथा कार्यक्रमः उत्पादन मुलक क्षेत्रलाई विद्युत् महसुलमा छुट दिने


  • 228
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    नीति तथा कार्यक्रमः उत्पादन मुलक क्षेत्रलाई विद्युत् महसुलमा छुट दिने

    काठमाडौं ।  सरकारले उत्पादन एवं निर्यात मुलक उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ ।मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन मुलक क्षेत्रलाई विद्युत् महसुलमा छुट दिने घोषणा गरेकी छिन् ।


    राष्ट्रपति भण्डारीले उत्पादनमुलक उद्योगलाई प्रदान गरिने विद्युत् महसुल बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी छिन् ।
    उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, वित्तीयरुपमा बोझिला सार्वजनिक संस्थान एकापसमा गाभ्ने वा खारेज गर्ने सरकारले आगामी वर्षका नीतिमा उल्लेख गरेको छ ।

    यसका साथै नेपालको क्रेडिट रेटिङ गराउने भएको छ । आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, समान प्रकृतिमा सहकारी कोषलाई एकापसमा गाभ्ने योजनासमेत अगाडि सारिएको छ ।

    अर्थतन्त्रको संरचनामा जोखिम बहन गर्ने आर्थिक नीति तयार गर्ने, रुपान्तरण गर्ने आयोजना कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ । पूर्वाधार निर्माण, उत्पादन वृद्धि उत्पादकत्वमा जोड, सङ्घीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखिएको छ । कृषि यातायात, ऊर्जा, पर्यटन सूचना प्रविधिलाई अगाडि बढाइ उत्थानशील अर्थतन्त्र, मुद्रास्फिति वाञ्छित सीमाभित्र राख्निे सरकारको योजना रहेको छ ।


    images
    images

    Logo