काठमाडौ । ११ दिनपछि मतगणना शुरू भएको उदयपुरको त्रियुगामा कांग्रेसले शुरूवाती अग्रता कायम गरेको छ । नगरको १ नं. वडाबाट एक वजेदेखि शुरू भएको मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उमेदवार बशन्त बस्नेतले अग्रता लिएका हुन् ।
पहिलो एक सय मत गणनामा बस्नेतले ४२ मत पाएका छन् । त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले २७ र नेकपा एमालेका भागवत राउतले १७ मत पाएका छन् । वडा नं. १ मा १ हजार ९ सय ६८ मत खसेको छ ।
नगरको १२ नं वडामा मतदानका दिन बिवाद भएपछि त्रियुगा नगरपालिकाको मतगणना ११ दिनसम्म हुन सकेको थिएन । उप मेयरमा कांग्रेसकि सरिता राईले ३६ मत, नेकपा एमालेकि महेश्वरी राईले २३ र माओवादी केन्द्रकी गीता खड्काले ८ मत ल्याएकी छिन ।