काठमाडाैँ । सरकारले सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय प्रणालीमा हुने कारोबारलाई विद्युतिय माध्यमबाट गर्न मिल्ने बनाउने बताएकी छिन् ।
यसका साथै उनले पुँजी बजारलाई प्रभावकारी बनाइने, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने र बीमालाई उत्पादकतवसँग जोड्ने लगायतका विषय प्रस्तुत गरेकी छिन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिबाट आर्थिक स्थायित्व गरिनेछ ।